सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि
काठमाडौं, मंसिर ७ : आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा तीन सय रुपैयाँले वृद्धि भएको छ।मूल्य बढेसँगै छापावाल सुनको भाउ प्रति तोला ९४...
काठमाडौं, मंसिर ७ : आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा तीन सय रुपैयाँले वृद्धि भएको छ।
मूल्य बढेसँगै छापावाल सुनको भाउ प्रति तोला ९४ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ। शुक्रबार छापावल सुनको मूल्य ९४ हजार तथा तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको भाउ भने अघिल्लो दिनको तुलनामा नबढेको महासंघले जनाएको छ। चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १८:०१ बजे, आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार