Kathmandu Press

भारतमा थपिए ४५ हजार कोरोना संक्रमित 

काठमाडौ, मंसिर ७ : भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार नाघेको छ ।पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो...
भारतमा थपिए ४५ हजार कोरोना संक्रमित 
Hardik ivfHardik ivf

काठमाडौ, मंसिर ७ : भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार नाघेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ४५ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ९५ हजार ९०८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८५ लाख २० हजार ३९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४९९ जनाको मृत्यु भए सँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार २६३ पुगेको छ ।

प्रकाशित मिति: १२:४७ बजे, आइतबार, मंसिर ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्