Kathmandu Press

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरालाई कोरोना संक्रमण 

काठमाडौ, मंसिर ६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ट्रम्प जुनियरमा संक्रमण...
अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरालाई कोरोना संक्रमण 

काठमाडौ, मंसिर ६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ट्रम्प जुनियरमा संक्रमण पुष्टि भएको उनका प्रवक्तालाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएक छन् । ४२ वर्षका ट्रम्प जुनियर यो साताको सुरूवातमै संक्रमित भएपछि आफ्नै क्बाविनमा क्वारेन्टिनमा रहेको जनाइएको छ ।

राष्ट्रपति ट्रम्प, प्रथम महिला मिलानिया तथा कान्छो छोरा ब्यारोनलाई यसअघि नै संक्रमण भएको थियो । 

प्रकाशित मिति: १४:२१ बजे, शनिबार, मंसिर ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्