
काठमाडौं, मंसिर ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटवार्ता भएको छ।
नेकपाको केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुक्रबार दिउँसो भएको भेटमा प्रचण्डले आफू पार्टी एकता जोगाउन तयार रहेको र पार्टी एकताको डोरी नचुँडिएको बताएको उपनेता नेम्वाङले बताए।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच विवाद बढ्दै गएपछि उपनेता नेम्वाङले पार्टी एकता जोगाउन आग्रह गर्दै प्रचण्डसँग भेट गरेका थिए।
प्रचण्डले शुक्रबार नै महासचिव विष्णुप्रसाद पौडेलसँग पनि धुम्वाराहीमै भेटवार्ता गरेका थिए।