Kathmandu Press

घरमै कसरी बनाउने काेराेनाबाट जाेगाउने मास्क?

कोरोना भाइरसकाे संक्रमणबाट जोगाउने खोप कहिले बन्छ भन्ने एकीन छैन। अहिले कोरोना भाइरसबाट जोगाउने भनेकै मास्कले हो। त्यसैले मास्कको प्रयोग गर्न संसारभरका चिकित्सकहरुले जोड दिँदै आएका छन्।
घरमै कसरी बनाउने काेराेनाबाट जाेगाउने मास्क?
Hardik ivfHardik ivf

भक्तपुर, कात्तिक १८ : कोरोना भाइरसबाट जोगाउने खोाप कहिले बन्छ भन्ने एकीन छैन। अहिले कोरोनाबाट जोगाउने भनेकै मास्कले हो। त्यसैले मास्कको प्रयोग गर्न चिकित्सकले जोड दिँदै आएका छन्।

संसारभर विभिन्न प्रकारका मास्क बनेका छन र तिनको स्तर पनि फकरफरक छ। मास्कमध्ये पनि एन–९५ नामक मास्क कोरोनाबाट बच्न धेरै उपयोगी भएको चिकित्सकहरुको भनाइ छ।

तर, यस्ता मास्कहरु महँगो हुन्छन्। सिमित आपूर्ति, लामो समयसम्म प्रयोग गर्न नसकिनेलगायतका समस्या छन्। जसले गर्दा सबै देशहरुले आफ्ना जनताहरुलाई मास्क लगाउन प्रोत्साहन गरेपनि आपूर्ति गर्न सकेका छैनन्।

त्यसमाथि पनि उच्च जोखिममा रहेका र फ्रन्ट लाईनमा कार्यरत स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर विभिन्न कम्पनीहरुले यस्ता मास्कहरु बनाउँदै आएका छन्। सिमित आपूर्तिका कारण नै सर्वसाधारणका लागि भने यस्ता मास्कको अभाव हुने गरेको छ।

त्यसैले विज्ञहरुले सर्वसाधारणलाई घरमै मास्क बनाउन प्रोत्साहित गर्दै आएका छन्। जसले कोरोनाबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने उनीहरुको भनाइ छ।

कसरी बनाउन सकिन्छ घरमै मास्क?

एकपत्र मात्र भएको मास्क वा कपडाले बनाएको मास्क कोभिड–१९ विरुद्ध कति उपयुक्त छ भन्ने कुरा प्रष्ट नभए पनि यस्ता मास्कहरुले कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्ने सम्भावनालाई भने धेरै हदसम्म कम गर्ने अनुसन्धानहरुले देखाएको छ।

बेलायतको रोयाल सोसाईटिका अनुसार, घरमा आफैले बनाएका मास्कहरुको मात्र राम्ररी प्रयोग गर्ने हो भने यसले धेरैहदसम्म कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनिकरण गर्छ। त्यसले घरमै मास्क बनाउन सकिने तीन तरिका यहाँ उल्लेख गरेका छौं।

कटनबाट मास्क बनाउने तरिका

१) कटनको कपडालाई २५ सेन्टिमिटर लामो र १५ सेन्टिर चौडा बनाएर काट्नुस।

२) माथिल्लो र तल्लो भाग दोब्य्राएर सिल्नुस्।

३) किनार दोब्य्रयाएर सिल्नुस्।

४) किनारमा रबर वा डोरी छिराउनुस।

५) किनारमा डोरीलाई सिउनुस्।

६) लामो डोरी लगाएर टाउँको पछाडि पनि बाध्न सक्नुहुन्छ।

सामान्य कपडाबाट मास्क बनाउने तरिका

१) ५० सेन्टिरमिटर कपडा लिनुस् र बीचबाट दोब्य्राउनुस्।

२) त्यसपछि तीन भागमध्ये माथिल्लो भाग तलरित र तलको भाग माथितिर दोब्य्राउनुस।

३) १५ सेन्टिमिटरको फरकमा दुई वटा रबर वा डोरी राख्नुस्।

४) दुवैतिरबाट बीचमा दोब्य्राउनुस।

५) त्यसपछि दोब्य्राएको भाग भित्रपर्ने गरि लगाउनुस।

टीसर्टबाट मास्क बनाउने तरिका

ग्राफिक डिजाइनहरु : सीडीसी

१) टीसर्ट लिनुस र त्यसको तल्लोभाग करिब १८ देखि २० सेन्टिमिटर काट्नुस्।

२) त्यसपछि एककिनारबाट भित्रको १५ देखि १८ सेन्टिमिटर कपडा काटरेर फाल्नुस्।

३) बाध्न डोरी बन्नेगरि दुवै किनार काट्नुस्।

४) त्यसपछि एकातिर धाँटी र अर्कोतिर टाउँको हुने गरि बाँधेर लगाउनुस।

एकपत्रे सर्जिकल मास्क र कपडाको मास्कमध्ये कुन राम्रो?

कोरोनाबाट जोगिन अनुहारलाई राम्ररी ढाक्ने खाल्को मास्कलाई सबै भन्दा उपयोगी मानिन्छ। यो सबैका लागि सम्भव छैन।

त्यसैले रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्र (सीडीसी)ले मास्क प्रयोग गर्न नसकिएको अवस्थामा केही पनि प्रयोग नगर्नु भन्दा कुनै आवरण वा सफा कपडामात्र प्रयोग गरेर पनि भाइरससँग जोगिन सकिने बताएको छ।

कसरी सुरक्षित तरिकाबाट मास्कको प्रयोग गर्ने ?

अनुहारमा मास्क लगाउनु अघि साबुनपानीले राम्ररी हात धुनुपर्छ। मास्क लगाउँदा मुख र नाकलाई राम्रोसँग ढाक्ने गरी लगाउनुपर्छ । यसरी मास्क लगाउँदा मास्क र मुखबीच कुनै पनि खाली ठाउँ हुनुहुँदैन।

मास्क लगाएपछि  बारम्बार मास्कलाई छुने बानी छ भने त्यो बानी हटाउनुपर्छ। यदी छोईहाले पनि हातलाई फेरि राम्रोसँग धुनुपर्छ। मास्क केही भिजेको महसुश हुने बितिक्कै अर्को मास्क फेर्नुपर्छ।

मास्क खोल्दा अगाडिको भागमा नछोई कानमा लगाउने व्यान्डमा समाएर खोल्नुपर्छ। त्यसपछि मास्कलाई अरु ठाउँमा नराखी सिधै डस्टबिनमा राख्ने वा पुनः प्रयोग गर्न मिल्ने मास्क भएमा धुने ठाउँमा राख्नुपर्छ।

कुनै पनि पुन प्रयोग गर्न सकिने मास्क एक पटकमा एक चोटी धुनुपर्छ।

मास्कले प्रदुषण बढाउने चिन्ता

द गार्डियनका अनुसार धेरै व्यावसायिक रूपमा उपलब्ध मास्कहरू प्लास्टिकको तहहरूबाट बनेका छन् र एकल प्रयोगको लागि डिजाइन गरिएका छन्। युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूको विश्लेषणअनुसार, यदि बेलायतका प्रत्येक व्यक्तिले एक वर्षको लागि प्रत्येक दिन एकल प्रयोगको मास्क प्रयोग गर्छन् भने थप ६६ हजार टन दुषित प्लाष्टिकजन्य फोहोर उत्पन्न हुन्छ।

प्रोफेसर मार्क मिओडाउनविकको नेतृत्वमा युसीएल टोलीले गरेको एक अनुसन्धानका अनुसार, कपडा वा पुनः प्रयोग गर्न सकिने मास्कको प्रयोगले यस्ता दुषित प्लाष्टिकजन्य फोहोर उत्पादनमा ह्रास ल्याउँछ।

(एजेन्सीको सहयोगमा)

 

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, कात्तिक १८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्