Kathmandu Press

उपनिर्वाचन हुने क्षेत्रमा मतदान केन्द्रसम्म सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइने

उपनिर्वाचन हुने क्षेत्रमा मतदान केन्द्रसम्म सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइने

काठमाडौं, वैशाख १४ :  निर्वाचन आयोगले याे उपनिर्वाचनका लागि सवारीसाधनका हकमा  यसअघिका चुनावहरुमा भन्दा फरक निर्णय गरेकाे छ।

इलाम २ र बझाङ (क) मा भाेलि हुने उपनिर्वचनमा ती क्षेत्रमा मतदान केन्द्रसम्म सार्वजनिक सवारी साधन पनि निर्वाध सञ्चालन गर्न दिने निर्णय भएकाे छ। आयोगले यस सम्बन्धी प्रबन्ध मिलाउन गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशनसमेत दिइसकेको छ।

Hardik ivf

यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट सवारी पास भएका गाडीहरुमात्र सन्चालन गर्न पाइन्थ्यो। मतदाताको सुविधाका लागि मतदान केन्द्रसम्मै निर्वाध रुपमा सार्वजनिक यातायातका साधन सन्चालन गर्न दिने निर्णय गरिएकाे आयोगको भनाइ छ।

‘सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने,’ आयोगले दिएको निर्देशनमा भनिएकाे छ। साे दिन मतदाता बोक्न नपाउने गरी एम्बुलेन्स, खानेपानी ट्यांकर, दूध बोक्ने सवारी साधनलगायत अत्यावश्यक सेवाका सवारीसाधन चल्न दिइनेछ।

इलाम २ र बझाङ (क) मा भाेलि बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुँदैछ।

प्रकाशित मिति: १३:४६ बजे, शुक्रबार, वैशाख १४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्