Kathmandu Press

ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

धनगढी, कात्तिक ११ : ट्रकसँग मोटरसाइकल ठोक्किँदा धनगढीमा एक युवकको मृत्यु भएको छ।गएराति साढे ११ बजेतिर धनगढी–अत्तरिया सडकखण्डको बोराडाँडीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किएको...
ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
Hardik ivfHardik ivf

धनगढी, कात्तिक ११ : ट्रकसँग मोटरसाइकल ठोक्किँदा धनगढीमा एक युवकको मृत्यु भएको छ।

गएराति साढे ११ बजेतिर धनगढी–अत्तरिया सडकखण्डको बोराडाँडीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते मोटरसाइकल चालकको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति से १ प ८७६१ को नम्बरको मोटरसाइकल रोकिएर राखेको से १ त ६१७ नम्बरको ट्रकमा ठोक्किँएको थियो। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका थिए।

घाइते मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन। उनका आफन्तजनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १५:४७ बजे, मंगलबार, कात्तिक ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्