Kathmandu Press

बैतडीमा आठ लाखको अखाद्य वस्तु बरामद 

बैतडी, कात्तिक ७ : एक महिनाको अवधिमा बैतडीमा करीब आठ लाखको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ।  संयुक्त बजार अनुगमन समितिले एक...
बैतडीमा आठ लाखको अखाद्य वस्तु बरामद 

बैतडी, कात्तिक ७ : एक महिनाको अवधिमा बैतडीमा करीब आठ लाखको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ।  संयुक्त बजार अनुगमन समितिले एक महिनामा विभिन्न बजारमा अनुगमन गर्दा सात लाख ७० हजारभन्दा बढीको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको हो। 

असोज पहिलोदेखि अन्तिम सातासम्म जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए। जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका बाहेकका सबै स्थानीय तहमा पहिलो चरणमा अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा चाउचाउ, बियर, पीठो, नम्किनलगायत वस्तु म्याद गुज्रेका पाइएका उनले बताए। उपभोग्य सामग्रीको उत्पादन मिति र उपभोग्य मिति नहेर्ने गरेका कारण बजारमा म्याद नाघेका सामग्रीसमेत बिक्री वितरण भइरहेका लेखकले जानकारी दिए। उनले भने, ‘म्याद नाघेका सामग्रीका बारेमा न व्यापारीहरुले हेर्ने गरेका छन्, न उपभोक्ताले नै। यसले गर्दा बजारमा म्याद नाघेका सामग्री बिक्री वितरण भइरहेका छन्।’

बजार अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको छ भने प्रत्येक पसलमा मूल्यसूची राख्नसमेत आग्रह गरिएको छ। चाडपर्वलाई लक्षित गरेर अनुगमन गरिएको भए पनि अनुगमनलाई निरन्तरता दिनुपर्ने उपभोक्ताहरुले बताएका छन्।

निरन्तर अनुगमन भएमा बजारमा हुने कालोबजारीमा केही कमी आउने निङ्गलाशैनी मावि देहीमाडौँका शिक्षक तिलक बोहराले बताए। उनलृ भने, ‘पसलबाट किन्ने सामग्रीको म्याद भए÷नभएको बारेमा उपभोक्ताहरु पनि सचेत हुनु जरुरी रहेको छ।’

प्रकाशित मिति: २०:५० बजे, शुक्रबार, कात्तिक ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्