Kathmandu Press

काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चुनौती

काभ्रेपलाञ्चोक, कात्तिक ७ : कोरोना संक्रमणबाट मृत्युदर बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा मृतकको शव व्यवस्थापनमा चुनौती देखिएको छ। जिल्लास्थित संकट व्यवस्थापन केन्द्रले स्थानीय तहमा शव...
काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चुनौती
Hardik ivfHardik ivf

काभ्रेपलाञ्चोक, कात्तिक ७ : कोरोना संक्रमणबाट मृत्युदर बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा मृतकको शव व्यवस्थापनमा चुनौती देखिएको छ। जिल्लास्थित संकट व्यवस्थापन केन्द्रले स्थानीय तहमा शव व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्न अनुरोधसमेत गरेको छ। 

जिल्लामा बुधबारसम्म आठ पुरुष र सात महिला गरी १५ को कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। हालसम्म मृत्यु भएकाको सरकारद्वारा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव अन्त्येष्टि गर्न प्रयोगमा ल्याइएको काठमाडौं पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने गरिएको छ। उक्त गृहमा हाल चाप बढ्दै गएपछि कोरोना संक्रमणबाट काभ्रेपलाञ्चोकमा मृत्यु भएकालाई वैकल्पिक व्यवस्थापनका लागि जिल्लास्थित १३ स्थानीय तहमा स्थानको खोजी गर्न थालिएको हो। 

सङ्क्रमितको अस्पतालमा मात्र नभई होम आइसोलेसनमा समेत मृत्यु हुन थालेपछि केन्द्र तथा जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले वैकल्पिक शव व्यवस्थापनमा ध्यान दिएको हो। ‘पछिल्ला केही दिनदेखि दैनिकजसो मृत्यु हुन थालेपछि स्थानीयस्तरमै शव व्यवस्थापनका लागि स्थानको खोजी थालिएको हो, स्थानीय तहका जनप्रतिनिधिले यस विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ,’ केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने। उनका अनुसार हाल दुई स्थानीय तहले आफ्नो क्षेत्रमा शव व्यवस्थापन गर्न सकिने प्रस्ताव गरेको छ। 

काभ्रेमा बिहीबारसम्म ५२५ महिलासहित एक हजार ३७१ मा कोरोना संक्रमण देखिएको छ। कूल सङ्क्रमितमध्ये ६५ प्रतिशत अर्थात् ८८७ सङ्क्रमणमुक्त भएको पोष्टले जनाएको छ। सक्रिय सङ्क्रमितमध्ये ९३ अस्पताल र ३७७ होम आइसोलेसनमा उपचाररत छन्। गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो संक्रमण देखिएको थियो।

प्रकाशित मिति: १८:४३ बजे, शुक्रबार, कात्तिक ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्