Kathmandu Press

नेप्सेमा साढे आठ अंकले वृद्धि

काठमाडौं, कात्तिक ६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि साढे आठ अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार...
नेप्सेमा साढे आठ अंकले वृद्धि

काठमाडौं, कात्तिक ६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि साढे आठ अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ८.५४ ले वृद्धि भई एक हजार ६०६.२५ मा पुगेको छ। नेप्सेमा लगातार भएको वृद्धिले आज पुनः नयाँ उचाई तय गरेको हो। केही दिन पहिले पनि नेप्से एक हजार ६०० को बिन्दुमा पुगेको थियो। यस्तै सेन्सेटिभ परिसूचक १.९१ ले वृद्धि भई ३१८.५६ मा पुगेको छ। कूल १८७ कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता शेयर एक अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९१९ रुपैयाँमा पुगेको छ। 

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूह मध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ। होटल १४.०४, जलविद्युत् ६.४३, जीवन बीमा १०.१ र सामूहिक लगानी कोष ०.०६ ले ओरालो लागेको छ। यस्तै बैंकिङ १२.१, व्यापार ९.३३, विकास बैंक १.७१, वित्त ५.३८, निर्जीबन बीमा ३८.५२, उत्पादन २९.४८, अन्य ५.२७ र लघुवित्त ०.८१ ले वृद्धि भएको छ। 

Hardik ivf

कारोबारका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको १४ करोड १५ लाख ४५ हजार २३७ रुपैयाँ बराबरको कारोबार भयो। यस्तै, एनआइसि एशिया बैंक नौ करोड ८५ लाख ६९ हजार ८३५ रुपैयाँ, अपि पावर कम्पनी आठ करोड ८२ लाख ७१ हजार १५५ रुपैयाँ, प्राइम बैंक सात करोड ९७ लाख ६३ हजार ५८५ रुपैयाँ, नेपाल बैंक सात करोड ८० लाख ९४ हजार ७८८ रुपैयाँ र ग्लोबल आइएमइ बैंक सात करोड ५५ लाख ८८ हजार ६१५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे। 

यस्तै, जनरल इन्स्योरेन्स ९.८९, नेपाल फाइनान्स ९.८६, अपि पावर कम्पनी ४.१९, सेञ्चुरी बैंक ३.७२, प्राइम बैंक ३.०६ र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ३.०५ प्रतिशतले कमाए। 

त्यस्तै, माउण्टेन हाइड्रो ३.६१, रैराङ हाइड्रोपावर ३, नेपाल हाइड्रो डेभलपर २।.७३, पञ्चकन्या माई हाइड्रोपावर २.७०, सप्तकोशी डेभलपमेन्ट बैंक २.४४, राधी विद्युत् कम्पनीका लगानीकर्ताले २.४२ प्रतिशतले गुमाए।

प्रकाशित मिति: २३:३७ बजे, बिहीबार, कात्तिक ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्