Kathmandu Press

कुलिङ पिरियडको गडवडीबारे गठित छानबिन समितिले शीर्ष नेतासँग छलफल गर्ने

शीर्ष नेताले कुलिङ पिरियडबारे दिने धारणाका कारण राष्ट्रिय सभालाई सघाउने विश्वासमा छानबिन समिति रहेको छ । संघीय निजामती सेवा विधेयक हाल राष्ट्रिय सभामा विचाराधीन छ। 
कुलिङ पिरियडको गडवडीबारे गठित छानबिन समितिले शीर्ष नेतासँग छलफल गर्ने

काठमाडौं, साउन ११ : कुलिङ पिरियड गडवडीबारे गठित संसदीय विशेष छानबिन समितिले प्रधानमन्त्री केपी ओली, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने तयारीमा जुटेको छ। 

शीर्ष नेताले कुलिङ पिरियडबारे दिने धारणाका कारण राष्ट्रिय सभालाई सघाउने विश्वासमा छानबिन समिति रहेको छ । संघीय निजामती सेवा विधेयक हाल राष्ट्रिय सभामा विचाराधीन छ। 

यसअघि प्रतिनिधि सभाबाट पारित भई विधेयक राष्ट्रिय सभामा आएको हो। विधेयकमा कुलिङ पिरियड निश्कृय हुने प्रावधान घुसाएर बदमासी गरिएको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले संसदीय छानबिन समिति बनाएको थियो

राष्ट्रिय सभामा कुलिङ पिरियडको प्रावधान नराख्न भन्दै एमालेकै सांसदहरूबाट संशोधन परेको छ। संसदीय छानबिन विशेष समितिले शीर्ष तीन नेतासँग छलफल गरी सुझाव संकलन गर्न थालेको छ। 

सभामुख देवराज घिमिरेको २१ दिनको समय दिए पनि उक्त समय अपर्याप्त भएपछि गत शुक्रबार सात दिनको समय थपिएको छ।

प्रकाशित मिति: १३:४१ बजे, आइतबार, साउन ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्