Kathmandu Press

दसैंमा सीता एयरको सहुलियत उडान

काठमाडौं, कात्तिक ६ : चाडपर्वको समयमा महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य जुम्ली नागरिकले सीता एयरले सहुलियत उडान भरेसँगै राहतको महसुस गर्न...
दसैंमा सीता एयरको सहुलियत उडान

काठमाडौं, कात्तिक ६ : चाडपर्वको समयमा महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य जुम्ली नागरिकले सीता एयरले सहुलियत उडान भरेसँगै राहतको महसुस गर्न थालेका छन्। सीता एयरले यही कात्तिक १ देखि सुर्खेत–जुम्ला–नेपालगञ्ज सहुलियत उडान गरिरहेको छ। कोभिड–१९ ले जनजीवन प्रभावित भइरहेका बेला सहुलियत उडान हुन थालेपछि उनीहरु निकै खुशी छन्।

पहिले पाँच हजार ५०० रुपैयाँमा तोकिएको भाडा अहिले घटाएर चार हजार १०० रुपैयाा पुर्‍याइएको छ। पहिलेको तुलनामा अहिले एक हजार ४०० रुपैयाँ कममा उडान भइरहेको छ। ‘गो कर्णाली टुर एण्ड ट्राभल्स’का सञ्चालक ललित महतका अनुसार सहुलियत उडानले अब निरन्तरता पाउने छ। 

कर्णाली पर्यटन उत्थान समितिका संयोजकसमेत रहेका महतले दसैंमा जिल्ला बाहिर रहेका र जुम्लाबाट घर जाने तयारीमा रहेका नागरिकका लागि सहुलियत उडान शुरु भएको बताए। ‘कोरोनाका कारण सबै क्षेत्र प्रभावित छ। समयमै सस्तो भाडादरमा आवतजावत गर्न सकियोस् भन्ने उद्धेश्यले सहुलियत उडान गरिएको हो,’ उनले भने।

सहुलियत उडानका लागि सीता एयर र गो कर्णालीबीच सम्झौता भएको छ। अन्य एयरलाइन्सले नेपालगञ्ज–जुम्ला वा सुर्खेत–जुम्ला हवाई भाडा पाँच हजार ५०० रुपैयाँ लिइरहेका छन्। सहुलियत उडान सुरु भएपछि झण्डै २०० बढीले यात्रा गरेका छन्। अहिले नेपालगञ्जका लागि दैनिक उडान भइरहेको छ। यस्तै बिहीबार र शुक्रबार सुर्खेत–जुम्लाको उडान तालिका सार्वजनिक गरिएको छ। 

सहुलियत उडानले जनतालाई थोरै भए पनि राहत भएको र यसलाई निरन्तरता दिने प्रयास भइरहेको सीता एयरले जनाएको छ। सीता एयरका नेपालगञ्ज क्षेत्रीय बजार प्रवन्धक मनोज भारतीले अहिलेजस्तै सेवा अन्य समयमा समेत दिने जहाज र गो कर्णालीबीच समझदारी भएको बताए। अप्ठयारो परिस्थितिमा हवाई भाडामा सहुलियत दिनु निकै सकारात्मक कदम भएको अधिकारकर्मीको भनाइ छ। उपभोक्ता महासंघ नेपालका उपमहासचिव विष्णुप्रसाद तिमिल्सेनाले सहुलियत दरमा हवाई उडानका लागि आफूहरुले लामो समयदेखि आवज उठाउँदै आइरहेको बताए।

प्रकाशित मिति: २०:४५ बजे, बिहीबार, कात्तिक ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्