कुमारी बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने
काठमाडौं, कात्तिक ६ : कुमारी बैंकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ।गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई लाभांश दिन लागेको...
काठमाडौं, कात्तिक ६ : कुमारी बैंकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ।
गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई लाभांश दिन लागेको हो। बैंकको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको छ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।
प्रकाशित मिति: १८:५९ बजे, बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार