Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख नाघ्यो 

काठमाडौं, कात्तिक ५ : भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५४ हजार ४२२ जनामा संक्रमण देखिएसँगै भारतमा...
भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख नाघ्यो 
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ५ : भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५४ हजार ४२२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७६ लाख ४९ हजार १५८ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म ६७ लाख ९२ हजार ५५० जना संक्रमणमुक्त भएका छन् । ७ लाख ४० हजार ६५८ जनाको उपचार भइरहेको छ । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ७१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १५ हजार ९५० पुगेको छ ।

प्रकाशित मिति: १२:५५ बजे, बुधबार, कात्तिक ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्