Kathmandu Press

डीडीएलजेको २५ वर्ष पूरा, शाहरुखले परिवर्तन गरे ट्वीटरमा नाम

मुम्बई, कात्तिक ४ : बलिउडको चर्चित प्रेमकथानक फिल्म 'दिलवाले दुलहनिया ले जाएंगे'को २५ वर्ष पूरा भएको छ। यो सन् १९९५ मा आजकै दिन...
डीडीएलजेको २५ वर्ष पूरा, शाहरुखले परिवर्तन गरे ट्वीटरमा नाम

मुम्बई, कात्तिक ४ : बलिउडको चर्चित प्रेमकथानक फिल्म 'दिलवाले दुलहनिया ले जाएंगे'को २५ वर्ष पूरा भएको छ। यो सन् १९९५ मा आजकै दिन रिलिज भएको थियो।

यो फिल्मको आदित्य चोपडाले निर्देशन गरेका थिए। उनको यो पहिलो फिल्म थियो भने उनी त्यतिवेला २३ वर्षका थिए।

Hardik ivf

शाहरुख खान र काजोलको जोडी हिट बनेको थियो। यसलाई दर्शकले खुब मन पराएका थिए।

यो फिल्मका गीत पनि हिट बनेका थिए। यसका गीत जतिन ललितले कम्पोज गरेका थिए। यसका लागि उनीहरुले २० गीत कम्पोज गरेका थिए। जसमध्ये १५ गीत मात्रै यश चोपडालाई सुनाएका थिए। उनीहरुमध्ये पनि यशले छनोट गरेका थिए, जुन गीत हिट बने।

यो फिल्मले २५ वर्ष पूरा गरेको अवसरमा शाहरुखले ट्वीटरमा नाम परिवर्तन गरेका छन्। शाहरुखले राज मलहोत्रा लेखेका छन्। उनले फिल्को भिडियो क्लिप पनि ट्वीट गरेका छन्।

 

प्रकाशित मिति: १८:१४ बजे, मंगलबार, कात्तिक ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्