Kathmandu Press

मदन पुरस्कार वितरण समारोह अनलाइनमै हुँदै

काठमाडौं, कात्तिक २ : मदन पुरस्कार तथा जगदम्बाश्री सम्मान वितरण समारोह अनलाइनमार्फत नै हुने भएको छ।आज अपराह्न ३ बजे अनलाइनमै समारोह आयोजना गर्न...
मदन पुरस्कार वितरण समारोह अनलाइनमै हुँदै

काठमाडौं, कात्तिक २ : यस वर्षकाे मदन पुरस्कार तथा जगदम्बाश्री सम्मान वितरण समारोह अनलाइनमै हुन लागेको छ।

आज अपराह्न ३ बजे अनलाइनमै समारोह आयोजना गर्न लागिएको मदन पुरस्कार गुठीले जनाएको छ। समारोहमा भारतको नैनीतालबाट इतिहासकार शेखर पाठकले विद्वद् प्रवचन दिने भएका छन्।

Hardik ivf

त्यस्तै, पोखरामा रहेका मदन पुरस्कार विजेता लेखक चन्द्रप्रकाश बानियाँ र सिलगुडीमा रहेकी जगदम्बाश्री सम्मानबाट सम्मानित हुने शान्ति ठटाल पनि अनलाइनमा जोडिने जनाएको छ। समारोहमा लेखक बानिया र संगीतकार ठलाल पनि बोल्नेछन्।

आज प्रवचन र मन्तव्यको कार्यक्रम मात्र हुने गुठीले जनाएको छ। गुठीका सदस्यले पोखरा र सिलगुडी पुगेर मदन पुरस्कार र जगदम्बाश्री सम्मान हस्तान्तरण गर्ने गुठीका अध्यक्ष कुन्द दीक्षितले बताए।

 

प्रकाशित मिति: १७:३८ बजे, आइतबार, कात्तिक २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्