Kathmandu Press

माधव नेपालले पाएनन् भ्रष्टाचार मुद्दामा वारेश राख्ने अनुमति

तीन वर्षभन्दा बढी कैद हुनसक्ने अभियोग लागेको भन्दै विशेष अदालतले  भ्रष्टाचार मुद्दामा वारेश राख्ने सुविधा दिन अस्विकार गरेको हो।
माधव नेपालले पाएनन् भ्रष्टाचार मुद्दामा वारेश राख्ने अनुमति

काठमाडौं, साउन १२ : विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उनीविरुद्धको भ्रष्टाचार मुद्दामा वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ।

तीन वर्षभन्दा बढी कैद हुनसक्ने अभियोग लागेको भन्दै विशेष अदालतले  भ्रष्टाचार मुद्दामा वारेश राख्ने सुविधा दिन अस्विकार गरेको हो। राजनीतिक कार्यक्रमको सिलसिलामा देशका विभिन्न स्थानमा पुग्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री नेपालले वारेशका लागि निवेदन दिएका थिए।

विशेष अदालतले यसअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइसकेको छ। 

अब वारेशको अनुमती नपाएपछि नेपाल मुद्दाको तारेखका दिन आफै विशेष अदालतमा उपस्थित हुनुपर्ने छ । राजनीतिक गतिविधिका सिलसिलामा विभिन्न ठाउँमा जानुपरेको भन्दै काबु बाहिरको परिस्थिति देखाएर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत रहेका नेपालले वारेसको अनुमति मागेका हुन्। 

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबीसहित ८ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने आरोपमा मुद्दा दायर भएको अवस्था देखाएरवारेशको सुविधा दिन अस्वीकार गरेको हो।

प्रकाशित मिति: १९:१० बजे, सोमबार, साउन १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्