Kathmandu Press

शनिबार थपिए ३१ सय ६७ जना कोरोना संक्रमित

नेपालमा थप ३१ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार थपिए ३१ सय ६७ जना कोरोना संक्रमित

काठमाडौं, कात्तिक १ : नेपालमा थप ३१ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३१ सय ६७  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए। 

Hardik ivf

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। संक्रमितमध्ये ८९ हजार ८४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७२७ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर १८०० जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:०० बजे, शनिबार, कात्तिक १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्