Kathmandu Press

दश वर्षपछि धनगढी-दिपायलमा हवाइ सेवा सुचारू

डोटी, असोज ३० : लामो समयदेखि बन्द अवस्थामा रहेको डोटीको दिपायल विमानस्थलमा शुक्रबारदेखि साप्ताहिकरुपमा हवाइ सेवा सुरु भएको छ। समिट एयरले दिपायलदेखि धनगढीका लागि...
दश वर्षपछि धनगढी-दिपायलमा हवाइ सेवा सुचारू

डोटी, असोज ३० : लामो समयदेखि बन्द अवस्थामा रहेको डोटीको दिपायल विमानस्थलमा शुक्रबारदेखि साप्ताहिकरुपमा हवाइ सेवा सुरु भएको छ। 

समिट एयरले दिपायलदेखि धनगढीका लागि हप्तामा एक पटक उडान सुरु गरेको हो। शुक्रबार पहिलो उडानमार्फत सो एयरले १३ जना यात्रु बोकेर धनगढीका लागि उडान भरेको हो। डोटीबाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आलेमगरको पहलमा दिपायल विमानस्थलको स्तरोन्नति गरिएसँगै बन्द भएको दश वर्षपछि पहिलो उडान भएको हो।
 
नेपाल सरकारको ८ करोड रूपैयाँको लगानीमा विमानस्थल कालोपत्रे तथा अन्य सामग्रीहरु निर्माण गरिएपछि निजी क्षेत्रको हवाइ कम्पनी समिट एअरले दिपायलदेखि धनगढीसम्म उडान भर्ने सहमति अनुसार पहिलो उडान गरिएको दिपायल विमानस्थलका कर्मचारी जगन्नाथ साउदले बताए। 

Hardik ivf

समिट एयरका पाइलट लाक्पा शेर्पाले नेपालका अन्य पहाडी जिल्लाका विमानस्थलभन्दा यो विमानस्थलमा उडान र अवतरण गर्न केही सहज हुने गरेको बताए। तत्कालका लागि दिपायलबाट धनगढीका लागि प्रतिव्यक्ति तीन हजार २०० रूपैयाँ भाडा निर्धारण गरिएको छ।

सातामा एक दिन शुक्रबार उडान हुने नागरिक उड्यन प्राधिकरण दिपायलका प्रमुख विशाल घिमिरेले जानकारी दिए। रासस

प्रकाशित मिति: ००:१३ बजे, शनिबार, कात्तिक १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्