Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए २४०२ जना कोरोना संक्रमित

काठमाडौंमा उपत्यकामा थप २४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
काठमाडौं उपत्यकामा थपिए २४०२ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, असोज ३० : काठमाडौंमा उपत्यकामा थप २४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

Hardik ivf

उनका अनुसार काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यस्तै, शुक्रबार नेपालमा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ। संक्रमितमध्ये ८८ हजार ४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७१५ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर ३५२२ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:१४ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्