Kathmandu Press

बाँडेगाँउ पुगेका प्रकाशमानले भने– अब व्यवस्थालाई मजबुद बनाउनतर्फ लागौं

बिहीबार ललितपुरको गोदावरी नगरपालिका बाँडेगाँउमा रहेको सन्त नेता कृष्णप्रसाद भट्टराईको क्षतिग्रस्त आश्रमको भ्रमण गर्दै उनले अब आउने दिनहरुमा व्यवस्थित तरिकाले जनताको चाहाना बुझेर यो सिस्टमलाई मजबुद गर्नेतर्फ लाग्नुपर्ने बताए। 
बाँडेगाँउ पुगेका प्रकाशमानले भने– अब व्यवस्थालाई मजबुद बनाउनतर्फ लागौं

काठमाडौं, असोज २ : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले अब आउने दिनहरुमा जनताको चाहना बुझेर त्यही अनुसार अगाडि बढ्नुपर्ने बताएका छन्। 

बिहीबार ललितपुरको गोदावरी नगरपालिका बाँडेगाँउमा रहेको सन्त नेता कृष्णप्रसाद भट्टराईको क्षतिग्रस्त आश्रमको भ्रमण गर्दै उनले अब आउने दिनहरुमा व्यवस्थित तरिकाले जनताको चाहाना बुझेर यो सिस्टमलाई मजबुद गर्नेतर्फ लाग्नुपर्ने बताए। 

केन्द्रीय कार्यसमितिको बैठक बसेर यसमा के गर्न सकिन्छ त्यही हिसाबले अगाडि बढने पनि उनको भनाई छ। 

‘यो घर(आश्रम) नि थिएन्, केही थिएन्। पछि राज्यले नै बनाएको आश्रम हो । यसको पनि यस्तो दूरदशा भएको छ । धेरै ठाँउमा यस्तै भएको छ,’ उनले भने, ‘अब आउने दिनहरुमा यसलाई व्यवस्थित गरेर, जनताको चाहाना बुझेर त्यही अनुसार यो सिस्टमलाई मजबुद गर्नेतर्फ लाग्नुपर्छ। पछि केन्द्रीय कार्यसमितिको बैठक बसेर यसमा के गर्न सकिन्छ त्यही हिसाबले अगाडि बढ्छौं।’

प्रकाशित मिति: १८:५४ बजे, बिहीबार, असोज २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्