Kathmandu Press

ओली सैनिक ब्यारेकबाट डेरामा सरे

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा ओलीलाई सुरक्षाका लागि सेनाको व्यारेकमा राखिएको थियो। उनले प्रधानमन्त्री पदबाट भदौ २४ गते राजीनामा दिएका थिए। 
ओली सैनिक ब्यारेकबाट डेरामा सरे

काठमाडौं, असोज २ : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट डेरामा सरेका छन्।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा ओलीलाई सुरक्षाका लागि सेनाको व्यारेकमा राखिएको थियो। उनले प्रधानमन्त्री पदबाट भदौ २४ गते राजीनामा दिएका थिए। 

उनी नौ दिनपछि व्यारेकबाट बाहिर आएका हुन्। जेनजी आन्दोलनकाक्रममा ओलीको घर जलेका कारण भक्तपुरको गुण्डुमा भाडाको घर लिएर सारिएको हो। 

ओलीलाई एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले गुण्डुसम्म लगेका थिए। बस्नेतले ओलीलाई भव्य कार्यक्रम मार्फत् सार्वजनिक गरिने बताएका छन्। 

प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, असोज २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्