Kathmandu Press

लकडाउनपछि निर्माण भएको फिल्म ‘श्री’को फस्टलुक सार्वजनिक

काठमाडौं, असोज ३० : कोरोना भाइरसको महामारीका कारण सात महिनादेखि ठप्प फिल्म क्षेत्रमा फेरि जुर्मुराउन थालेको छ। लकडाउनपछि निर्माण भएको फिल्म ‘श्री’को फस्टलुक...
लकडाउनपछि निर्माण भएको फिल्म ‘श्री’को फस्टलुक सार्वजनिक

काठमाडौं, असोज ३० : कोरोना भाइरसको महामारीका कारण सात महिनादेखि ठप्प फिल्म क्षेत्रमा फेरि जुर्मुराउन थालेको छ। लकडाउनपछि निर्माण भएको फिल्म ‘श्री’को फस्टलुक सार्वजनिक गरिएको छ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर एउटै लोकेसनमा फिल्म छायांकन गरिएको जनाएको छ। फिल्म निर्माण युनिटका अनुसार यो फिल्मको छायांकन ७२ घन्टामै सकिएको छ।

Hardik ivf

यसमा सन्दिप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीको अभिनय रहेको छ।

एभरेस्ट सूर्य बोहरा फिल्मस्को ब्यानरमा महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ हुन्।  यसमा यम बराल, सूर्य सिम्खडा (साइराम), बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम सहनिर्मातामा रहेका छन्।

दुई घन्टाको यसको निर्देशन निर्देशक एभरेस्ट सूर्य बोहराले गरेका हुन्। शेरबहादुर तामाङको छायाँकन र सुजन बडालको सम्पादन रहेको छ।

प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्