आईतबार, मंसिर १४, २०७७

डा. बुद्धिमान श्रेष्ठको  ‘बैगुनी २’ बजारमा (भिडियो) 

काठमाडौं, असोज २९ : बरिष्ठ डेन्टल सर्जन डा.बुद्धिमान श्रेष्ठ आफ्नो पहिलो गीतले सफलता पाएपछि त्यसकै सिक्वेल  ‘बैगुनी २’ बजारमा ल्याएका छन् ।

यसअघि डा.श्रेष्ठलेको ‘रेलले तान्यो र  बैगुनी छौ भन्ने कस्ले जान्यो र’ बोलको गीतले चर्चा कमाएपछि डा.श्रेष्ठको दोश्रो गीत ‘बैगुनी २’  ‘सितल छाँयालाई ’ सार्बजनिक गरेका हुन् ।

बादल घिमिरेको शब्द संगीत रहेको गीतमा डा.श्रेष्ठ र मेलिना राईको स्वर रहेको छ । म्युजिक भिडियोमा पछिल्लो समय चर्चाको शिखरमा रहेका नायक पल शाह र प्रियना आचार्य मुन्नीको अभिनय रहेको छ । 

 Published Date: Thursday, 15th October 2020 7:34:00 am