Kathmandu Press

एक करोडको अफिमसहित दुई जना पक्राउ

कपिलवस्तु, असोज १४ : कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित दुई जनालाई पक्राउ परेको छ।इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा गएराति कृष्णनगर...
एक करोडको अफिमसहित दुई जना पक्राउ
Hardik ivfHardik ivf

कपिलवस्तु, असोज १४ : कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित दुई जनालाई पक्राउ परेको छ।

इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा गएराति कृष्णनगर नगरपालिका २ को चेक प्वाइन्टबाट दुई जनालाई अफिमसहित पक्राउ गरेको हो।

प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आएको लु १ ह १५७ नम्बरको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाउँपालिका–१ कुरेली बस्ने ४९ वर्षीया सीता रोकालाई शंका लागेपछि जाँच गरेको थियो। उनले बोकेको झोलाबाट साढे सात किलो अफिम बरामद गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

चालकको सिट पछाडि अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा दुई केजी र पछाडि राखेको रेग्जिनको झोलामा रहेको साढे पाँच केजी गरी उक्त परिमाणको अफिम भेटिएको हो।

पक्राउ परेकी महिला रोकासँगै प्रहरीले अटोचालक कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ का २० वर्षीय सुशील क्षेत्रीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको उपरीक्षक अधिकारीले बताए। प्रहरीले बरामद गरेको अफिम भारत पु¥याएपछिको अन्तर्राष्ट्रिय बजार मूल्य एक करोडभन्दा बढी पर्ने जनाएको छ।

यसअघि असोज ७ गते पनि कृष्णनगर नगरपालिकाको वडा नं २ स्थित कृष्णनगर बसपार्कबाट शङ्कास्पदरूपमा भारततर्फ जाँदै गरेका अवस्थामा ३७ केजी चरेससहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। (रासस)

प्रकाशित मिति: १७:३६ बजे, बुधबार, असोज १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्