Kathmandu Press

कोरोना संक्रमणबाट शिक्षण अस्पतालकी स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं, असोज १३ :  त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत  एक जना स्वास्थ्यकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।कोरोना संक्रमणबाट शिक्षण अस्पतालकी ५७ वर्षीया...
कोरोना संक्रमणबाट शिक्षण अस्पतालकी स्वास्थ्यकर्मीको मृत्यु
फाइल तस्वीर

काठमाडौं, असोज १३ :  त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत  एक जना स्वास्थ्यकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

कोरोना संक्रमणबाट शिक्षण अस्पतालकी ५७ वर्षीया महिला स्वास्थ्यकर्मीको मृत्यु भएको अस्पतालका कोभिड-१९ फोकल पर्सन डा. सविन थपलियाले जानकारी दिए।

उनका अनुसार असोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ती स्वास्थ्यकर्मी महिलालाई आईसीयूमा राखेर उपचार गरिराखिएको थियो।

ती महिलामा दम, थाइराइड र निमोनियाको समस्या पनि देखिएको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति: २२:०० बजे, मंगलबार, असोज १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्