प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमणमुक्त
गण्डकी, असोज १२ : गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणमुक्त भएका छन्। गत भदौ १८ गते...
गण्डकी, असोज १२ : गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणमुक्त भएका छन्। गत भदौ १८ गते गरिएको कोरोना परीक्षणमा अर्यालको रिपोर्ट पोजेटिभ देखिएको थियो।
रिपोर्ट पोजेजटिभ देखिएसँगै उनी आफ्नै निवासमा होम आइसोलेसनमा बसेका थिए। अर्यालको असोज ११ गते भएको स्वाब परीक्षणको रिपोर्ट आज नेगेटिभ आएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ००:१३ बजे, मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार