पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
काठमाडौं, असोज १२ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य...काठमाडौं, असोज १२ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४८१ पुगेको छ।
यस्तै, सोमबार नेपालमा थप १३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ। संक्रमितमध्ये ५४ हजार ६४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४८१ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर ७४२ जना घर फर्किएका छन्।
प्रकाशित मिति: २२:०९ बजे, सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कप्तान रोहित पौडेल भन्छन्– प्रिमियर कपको खराब नतिजालाई बिर्सिएर अगाडि बढ्छाैंशुक्रबार, वैशाख १४, २०८१
कांग्रेसलाई शत्रु ठान्नु पार्टी सिध्याउने सिद्धान्त मात्रै हो : अध्यक्ष नेपालशुक्रबार, वैशाख १४, २०८१
‘सहकारीकाे समस्या समाधानका लागि सरकार फास्ट ट्रयाकमा जान्छ’शुक्रबार, वैशाख १४, २०८१
नाउपा विवादमा निर्वाचन आयोगसँग मिशिल झिकाउने आदेशशुक्रबार, वैशाख १४, २०८१