मोरङमा थपिए कोरोनाका १३० नयाँ संक्रमित
काठमाडौं, असोज १२ : मोरङमा सोमबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ५१ महिला...
काठमाडौं, असोज १२ : मोरङमा सोमबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ५१ महिला र ७९ पुरुषमा संक्रमण पुष्टि भएको हो।
मोरङमा एकैदिन संक्रमित भएको यो संख्या हालसम्मकै उच्च हो। योसहित मोरङमा कोरोना संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ।
योसहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ। त्यस्तै कोरोना संक्रमणबाट विराटनगरमा हालसम्म २३ जनाको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: १८:४९ बजे, सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार