Kathmandu Press

हुम्लाको नेपाल–चीन सीमाबारे सरकारी प्रतिवेदन तत्काल सार्वजनिक गर : कांग्रेस

काठमाडौं, असोज ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण तत्काल सार्वजनिक गर्न माग गरेको छ।कांग्रेसले...
हुम्लाको नेपाल–चीन सीमाबारे सरकारी प्रतिवेदन तत्काल सार्वजनिक गर : कांग्रेस
कांग्रेस पार्टी कार्यालय।

काठमाडौं, असोज ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण तत्काल सार्वजनिक गर्न माग गरेको छ।

कांग्रेसले नेपाल–चीन सीमाबारे सरकारी टोलीले तयार पारेको अध्ययन विवरण रहस्यमा नराख्न पनि सरकारलाई आग्रह गरेको छ।

Hardik ivf

शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी  हुम्लाको नाम्खामा चीनद्वारा नेपाली सीमा मिचिएको वास्तविकता अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली फर्किएको २४ घण्टा पुगे पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएको प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण जनाएका छन्।

‘स्थलगत भ्रमणको अध्ययन टोली सदरमुकाम सिमिकोट फर्किएपछि पनि स्थानीय प्रशासनमार्फत् अथवा स्थानीय प्रशासनले दिएको विवरणको आधारमा संघीय सरकारले सीमासम्बन्धी वास्तविक विवरण सार्वजनिक नगरिनु रहस्यमय छ,’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले परराष्ट्र मन्त्रालयको हतारोको टिप्पणी, सहायक प्रजिअलाई स्पष्टिकरण सोध्ने र अर्कोतर्फ स्थलगत अध्ययनको विवरण समेत सार्वजनिक गर्न गरिएको ढिलाइले सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिएको बताएको छ। 

‘नेपालको सार्वभौमिकता र सीमा सम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियतमाथि गम्भीर प्रश्न खडा भएको छ, ’ विज्ञप्तिमा भनिएको छ,‘ अविलम्व वास्तविक विवरण सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न नेपाली कांग्रेस सरकारसंग जोडदार माग गर्दछ।’

प्रकाशित मिति: ०२:०० बजे, शनिबार, असोज १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्