‘गृहमन्त्री टेलिभिजनको प्रस्तोता जस्तो देखिनुभयो’
‘पहिले एकैपटक भावनामा आएर विद्यानस्ट, आमाकसम‘ भन्नुहुन्थ्यो। कहिले नाकको डाँडी भाँचिदिन्छु भन्नुहुन्थ्यो। कहिले ठूलो मुटु भएको भनेर मुटुको साइज बताइदिनुहुन्थ्यो,’ उनले भने, ‘आज मलाई उहाँ गृहमन्त्री हो कि टिभी प्रस्तुता हो भन्ने अलिकति अलमल भयो। गृहमन्त्री हो भन्ने बिर्सिनुभयो कि भन्ने लाग्यो।’
काठमाडौं, जेठ ६ : कांग्रेस महामन्त्री गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आज संसदमा टेलिभिजन प्रस्तोता जसरी प्रस्तुत गरेको टिप्पणी गरेका छन्। ्
प्रनितिनिधिसभा बैठक स्थगित भएलगत्तै संसद भवनमै पत्रकार सम्मेलन गर्दै थापाले रवि लामिछानेले आफू गृहमन्त्री भएको बिर्सिएको टिप्पणी गरे।
‘पहिले एकैपटक भावनामा आएर विद्यानस्ट, आमाकसम‘ भन्नुहुन्थ्यो। कहिले नाकको डाँडी भाँचिदिन्छु भन्नुहुन्थ्यो। कहिले ठूलो मुटु भएको भनेर मुटुको साइज बताइदिनुहुन्थ्यो,’ उनले भने, ‘आज मलाई उहाँ गृहमन्त्री हो कि टिभी प्रस्तुता हो भन्ने अलिकति अलमल भयो। गृहमन्त्री हो भन्ने बिर्सिनुभयो कि भन्ने लाग्यो।’
महामन्त्री थापाले सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्ने हुनुपर्नेमा गृहमन्त्री लामिछानेले संसदीय समिति विभिन्न विषयमा बनाउनु नहुने भनेर निरीहता प्रदर्शन गरेको जिकिर पनि गरे।