Kathmandu Press

अशोक राई ‘समाजवादी पार्टी’ दर्ताका लागि दिए निवेदन

पार्टीको उपाध्यक्षहरुमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दानबहादुर विश्वकर्मा छन्। त्यस्तै, शरणकुमार राई उपमहासविच तथा सचिव पदमा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भिमबहादुर तामाङ छन् ।
अशोक राई ‘समाजवादी पार्टी’ दर्ताका लागि दिए निवेदन

काठमाडौं, असार ९ : नेता अशोक राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। राई नेतृत्वको समूहले निर्वाचन आयोगमा ‘समाजवादी पार्टी’ दल दर्ताका लागि निवेदन दिएको हो।

पार्टीको उपाध्यक्षहरुमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दानबहादुर विश्वकर्मा छन्। त्यस्तै, शरणकुमार राई उपमहासविच तथा सचिव पदमा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भिमबहादुर तामाङ छन् ।

अध्यक्ष राईले ८ जना पदाधिकारी सहित २८ जनाको केन्द्रीय समिति सदस्यहरुको नामावली सहित दल दर्ताका लागि निवेदन दिए छन्। 

उपेन्द्र यावदको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी, नेपाल फुटाएर बनाइएको जनता समाजवादी पार्टीलाई सर्वोच्चले कानूनी मान्यता नदिएपछि अशोक राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो। 

प्रकाशित मिति: १२:३५ बजे, मंगलबार, असार ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्