Kathmandu Press

रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

बिहान ११ः४५ बजे खानाको समय पश्चात् दिउँसो २ बजे पार्टी सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक आरम्भ गर्ने कार्यक्रम तय भएको छ।
रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

काठमाडौं, असार ९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने भएको छ 

चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने हो।

Hardik ivf

प्रतिनिधि दर्ताको कार्य सुरु बिहान १० बजेदेखि नै भइसकेको छ। बिहान ११ः४५ बजे खानाको समय पश्चात् दिउँसो २ बजे पार्टी सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक आरम्भ गर्ने कार्यक्रम तय भएको छ।

बन्दसत्र सुरु भएलगत्तै विभिन्न निकायका प्रतिवेदनहरूमाथि छलफल हुनेगरी कार्यतालिका सार्वजनिक गरिएको छ। जसअन्तर्गत २ः१० देखि २ः३० सम्म सुरुमा अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले र त्यसपछि पार्टीको वित्तीय प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने कार्यसूची छ। 

आजै दिउँसो ३ः४५ देखि ४ः४५ सम्म केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

यसैगरी, अर्थ–राजनीतिक प्रस्तावना उपसभापति डा.स्वर्णिम वाग्लेले ४ः४५ देखि ५ः१५ सम्म प्रस्तुत गर्नेछन् भने सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । सभापतिको प्रतिवेदनमाथि साँझ ६ः३५ सम्म छलफल र प्रस्तुतीकरणको कार्यक्रम रहेको छ। 

प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, असार ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्