सुर्खेतमा पक्राउ परेका विष्णु पौडेललाई काठमाडौं ल्याइयो
विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा उनलाई शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइएको हो।
काठामडौं, असार ९ : सुर्खेतमा सोमबार साँझ पक्राउ परेका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई काठमाडौं लाइएको छ।
विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा उनलाई शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइएको हो।
पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए । त्यहीक्रममा उनी पक्राउ परेका थिए । उनलाई राति नै प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याएको हो ।
उनलाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनको निवासमा पनि छापा मारेको थियो।
प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, असार ९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार