Kathmandu Press

सदनमा प्रधानमन्त्रीको आक्रोशः कांग्रेसको गतिविधि इतिहासकै लागि कलंक बन्न सक्छ

सदनमा प्रधानमन्त्रीको आक्रोशः कांग्रेसको गतिविधि इतिहासकै लागि कलंक बन्न सक्छ
Hardik ivf

काठमाडौं, जेठ ७ः प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको बैठकमा गरेको गलत क्रियाकलापको मूल्य चर्को पर्ने चेतावनी दिएका छन्।

सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले नाराबाजी गरेर विरोध गरेपछि प्रधानमन्त्रीले कांग्रेसको गतिविधि कलंकको रूपमा स्थापित हुने टिप्पणी गरे।

‘जुन प्रधानमन्त्रीले तपाईहरूलाई पटक पटक साथ दियो । अहिले पनि संवाद र सहकार्यमा ल्याउन प्रयास गरिरहेको छ। त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । यसप्रति दु:ख व्यक्त गर्छु । कांग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ। कांग्रेसको आजको गतिविधि इतिहासमा धेरै राम्रोसँग कलंकको रूपमा स्थापित हुने छ,’ उनले भने।

प्रकाशित मिति: १३:०३ बजे, सोमबार, जेठ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्