Kathmandu Press

'गृहमन्त्रीको व्यवहारले नयाँ पार्टीको भ्रष्ट चरित्र उदांग भयो'

'गृहमन्त्रीको व्यवहारले नयाँ पार्टीको भ्रष्ट चरित्र उदांग भयो'

काठमाडौं, जेठ ७ः राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको व्यवहारले नयाँ राजनीतिक शक्तिको भ्रष्टीकरण चरित्र प्रष्ट भएको बताएको छ। जनमोर्चाले सहकारीको बचत रकम अपचलनको आरोप लागेपछि गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग समेत गरेको छ। 

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा सोमबार जारी एक विज्ञप्तिमा गृहमन्त्रीले ‘विगतमा अरूले बदमासी गरेका कारण मैले पनि गर्न पाउनुपर्दछ’ भनी सहकारी ठगी प्रकरणलाई न्यायोचित देखाउन संसदमा बलमिच्याइँ गरेको उल्लेख छ।

Hardik ivf

‘विगतमा अरूले बदमासी गरेका कारण मैले पनि गर्न पाउनुपर्दछ भन्ने उनको दाबीले कथित नयाँ शक्तिहरूको भ्रष्ट चरित्र तथा सत्ताका लागि जे पनि गर्न पछि नपर्ने सत्ता महत्वकांक्षा झन् नाङ्गो रूपमा अगाडि आएको छ,’ राष्ट्रिय जनमोर्चाले विज्ञप्तिमा भनेको छ।

अध्यक्ष केसीले विज्ञप्तिमा सहकारीको बचत रकम अपचलनमा गृहमन्त्रीमाथि छानबिन गर्न सत्तापक्ष डराएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘प्रतिपक्षीहरूले उठाएको संसदीय छानविन समितिको मागलार्ई सत्तापक्षले आफ्नो सरकार ढाल्ने अस्त्रको रूपमा लिएको गलत बुझाइका कारण नै संसदको गत्यावरोध लम्बिइरहेको छ ।’

गृहमन्त्री लामिछाने बुटवलको सुप्रिम सहकारी, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी, चितवनको सहारा बहुउद्देशीय सहकारी तथा काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देशीय सहकारीको रकम ठगी प्रकरणमा जोडिएको भन्दै राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री, सत्तारूढ घटक, प्रहरी र महान्यायाधिवक्तासमेत गृहमन्त्रीलाई जोगाउन लागी परेको बताएको छ ।

‘सत्तापक्षले उनको बचाउ गरेर देशमा दण्डहीनताको अवस्था सिर्जना गरिरहेका छन्। स्वयं सरकारले नै अपराधीको बचाउ गरेर कानूनी राज्यको धज्जी उडाउने काम भइरहेको छ’, केसीले विज्ञप्तिमा भनेका छन्।

सहकारीहरुमा देखिएका समस्या समाधानमा विगत सरकारले गर्दै आएको लापरवाही र गैरजिम्मेवार कार्यशैलीको परिणाम नै जनताको बचतमाथि ठगी कार्य तीव्र रूपमा बढेको उनले बताएका छन्।

प्रकाशित मिति: १४:२२ बजे, सोमबार, जेठ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्