Kathmandu Press

के पृथ्वीमा सकिँदैछ सुन ?

सुनका गहना खरिद गर्ने समयमा के तपाईले कहिलै सोच्नु भएको छ-सुन कहाँबाट आउँछ र यसको आपूर्ति सँधै जारी रहन्छ की समाप्तसमेत हुन सक्छ?
के पृथ्वीमा सकिँदैछ सुन ?
Hardik ivfHardik ivf

सुनका गहना खरिद गर्ने समयमा के तपाईले कहिलै सोच्नु भएको छ-सुन कहाँबाट आउँछ र यसको आपूर्ति सँधै जारी रहन्छ की समाप्तसमेत हुन सक्छ?

पछिल्लो महिना सुनको मूल्यमा नयाँ रेकर्ड कायम भयो। सुनको मूल्य २ हजार डलर प्रति औंश कायम भयो। मूल्य बढ्नुको पछि सुन व्यापारीको हात थियो, तर यसका साथै सुनको आपूर्तीका विषयमा बहससमेत हुन थालेको छ। प्रश्न उठ्न थालेको छ की के सुनको आपूर्ति समाप्त हुँदैछ?

जानकारहरु ‘पीक गोल्ड’को कन्सेप्टका बारेमा समेत कुरा गरिरहेका छन्। पछिल्लो एक वर्षमा मानिसले पुरै क्षमता लगाएर सुन उत्खनन गरेका छन्। धेरै जानकारहरु सुनको उत्खनन गर्नेहरु पीक गोल्डसम्म पुगिसकेको बताउँछन्।

वर्ल्ड गोल्ड काउन्सिलका अनुसार सन् २०१९ मा सुनको कूल उत्पादन ३ हजार ५३१ टन थियो। जुन सन् २०१८ को तुलनामा एक प्रतिशतले कम हो। सन् २००८ पछि पहिलो पटक सुन उत्पादनमा कमी आएको हो। 

वर्ल्ड गोल्ड काउन्सिलका प्रवक्ता हेना ब्रेन्डस्टेटर भन्छन्, ‘खानीबाट हुने सुन सप्लाई भलै कम भएको छ वा आउने केही वर्षमा कम हुन सक्छ। किनकी अहिले जुन खानी संचालनमा छन् ती पुरै प्रयोग भइरहेका छन्। नयाँ खानी कम मात्रमा भेटिएका छन्। तर सुनको उत्पादन पीकमा पुगेको भनेर हतारो टिप्पणी गर्न हुँदैन।’

जानकारहरुले ‘पीक गोल्ड’ आएपनि केही समयमै सुनको उत्पादनमा कमी नहुने बताएका छन्। सुन उत्पादनमा विस्तारै विस्तारै कमी आउँनेछ र त्यो केही दशकसम्म जारी रहेनछ। मेट्ल्सडेली डटकमका रोस नर्मन भन्छन्, ‘माइन प्रोडक्सन स्थिर भएको छ। यसमा गिरावट देखिरहेको छ। तर त्यो त्यती तीव्र गतीमा भने भएकाे छैन।’

कति बाँकी छ सुन ?

माइनिङ कम्पनीहरु जमिन मुनी रहेको सुनको मात्राका बारेमा दुई तरिकाले अनुमान लगाउँछन्। अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार गोल्ड रिजर्भ अझै ५० हजार टन छ। अहलेसम्म १ लाख ९० हजार टन सुनको माइनिङ भइसकेको छ। केही तथ्यांकका अनुसार २० प्रतिशत सुनको उत्खनन गर्न अझै बाँकी छ। तर यस्ता तथ्यांक परिवर्तन भइरहन्छन्। नयाँ प्रविधीका माध्यमबाट केही नयाँ खानीका बारेमा समेत नयाँ जानकारी आउन सक्नेछ। तर त्यो तत्कालै सम्भव भने छैन।

आर्टिफिसियल इन्टलिजेन्स स्टमार्ट माइनिङ र बिग डाटा जस्ता नयाँ प्रविधिको सहयोगले यसको मूल्य कम गर्न सकिन्छ। केही ठाउँमा रोबोटको समेत प्रयोग भइरहेको छ। दक्षिण अफ्रिकाको विटवाटर्सरेन्ड विश्वको सबैभन्दा ठूलो सुनको स्रोत हो। विश्वमा ३० प्रतिशत सुन त्यहीबाट आउँछ।

चीन सबैभन्दा धेरै सुन उत्खनन गर्ने देश हो। क्यानडा, रुस र पेरुसमेत ठूला उत्पादक हुन्। नयाँ सुन खानीको खोज भइरहे पनि निकै कम भेटिएका छन्। त्यसैले भविष्यमासमेत पुराना खानीमै धेरै निर्भर रहनुपर्नेछ।

ठूलो मात्रामा उत्खनन गर्नु निकै महँगो पर्छ। ठूला मेसिन र धेरै मजदुरको आवश्यकता हुन्छ। नर्मन भन्छन्, ‘उत्खनन मुश्किल हुँदै गइरहको छ। केही ठूला खानी जहाँ सुन कम मात्रमा पाउन थालिएको छ। जस्तै दक्षिण अफ्रिका। त्यहाँ सुन विस्तारै सकिँदै गएको छ। चीनका सुन खानी निकै साना छन्। त्यसैले चीनले उत्पादन गरेको सुन महँगोसमेत छ।’

अहिले निकै कम इलाका छन्, जहाँ सुन हुन सक्ने अनुमान लगाइएको छ। तर त्यहाँ उत्खनन भएको छैन। ती इलाकामा स्थिरता छैन्। जस्तै अफ्रिकाको पश्चिमी इलका। अगस्ट महिनामा सुनको मूल्यले रेकर्ड कायम गरेको थियो। यसको मतलब यो होइन की सुनको उत्खनन तीब्ररुपमा हुनेछ। सुन उत्पादनको असर त्यसको मूल्यमा पर्दैन। ब्रेन्डस्टेटर भन्छन्, ‘यती ठूलो मात्रामा काम हुन्छ की त्यसको असर तुरुन्त मूल्यमा पर्दैन।’ कोरोना भाइरसका कारणले समेत उत्खननमा असर परेको छ। धेरै खानी बन्द भएका थिए। मूल्य बढ्नुको पछि महामारी समेत कारक थियो।

पृथ्वीमा सुन कति बचेको छ, यसको सही अनुमान लगाउन मुस्किल हुनेछ। तर सुन चन्द्रमामा समेत छ। तर त्यहाँबाट सुन निकालेर पृथ्वीमा ल्याउनु निकै महँगो हुनेछ।

अन्तरिक्षका जानकार सिनेड ओ सुलीवन भन्छन्, ‘त्यहाँ सुन छ। तर त्यहाँबाट सुन उत्खनन गरेर पृथ्वीमा ल्याउनु सहज छैन।’ यसका साथै अन्टार्टिकामासमेत सुन रहेको पत्ता लागेको छ। सुन समुद्र मुनीसमेत छ। तर त्यहाँबाट समेत निकाल्न सहज छैन। तर सुनको खानी पुरै समाप्त भने हुने छैन।

बीबीसीबाट

प्रकाशित मिति: २०:३१ बजे, शुक्रबार, असोज ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्