बायर्न म्युनिखले उचाल्यो यूईएफए सुपर कपको उपाधि
काठमाडौं, असोज ९ : यूईएफए सुपर कपको उपाधि बायर्न म्युनिखले उचालेको छ । सेभियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै बायर्नले उपाधि उचालेको हो...
काठमाडौं, असोज ९ : यूईएफए सुपर कपको उपाधि बायर्न म्युनिखले उचालेको छ । सेभियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै बायर्नले उपाधि उचालेको हो ।
हंगेरीको बुढापेष्टमा भएको खेलमा १३ औं मिनेटमा सेभियाका लुकास ओकाम्पोसले पेनाल्टी गोल गरेका थिए । ३४ औं मिनेटमा बायर्नका लियोन गोरेज्काले गोल फर्काएपछि खेल १–१ को बराबरी भयो । त्यसपछि गोल नहुँदा खेल अतिरिक्त समयमा पुग्यो ।
त्यसपछि एक सय चार मिनेटमा बायर्नका मार्टिनेज अगुइनागाले गोल गर्दै बायर्नलाई उपाधि चुमेको हो । सन् २०१३ मा सुपर कपको उपाधि जितेको बायर्नलाई उपाधि जित्न सात वर्ष कुर्नुपर्यो ।
बायर्न त्यसयता फाइनलमा पुगेको पनि यसै पटक हो । सेभिया भने पछिल्लो १० वर्षमा चौथो पटक यूईएफए सुपर कपको फाइनलमा पराजित भयो ।
प्रकाशित मिति: १३:४३ बजे, शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार