Kathmandu Press

नेप्सेमा सामान्य सुधार

काठमाडौं, असोज ८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक...
नेप्सेमा सामान्य सुधार

काठमाडौं, असोज ८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ७४ बिन्दुले उकालो लागेर एक हजार ५६१ दशमलव २६ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव २३ ले वृद्धि भई ३०९ दशमलव ५७ मा पुगेको छ। कूल १९३ कम्पनीको ८९ लाख ७१ हजार ३०३ कित्ता शेयर दुई अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँ मूल्यमा खरिद बिक्री भए। 

नेप्सेको सुधारसँगै बजार पूँजीकरण समेत वृद्धि भई झण्डै २१ खर्ब रुपैयाँ बराबरको भएको छ। स्टकका अनुसार आजको बजार पूँजीकरण २० खर्ब ८० अर्ब रुपैयाँ बराबरको भएको छ। 

Hardik ivf

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ६ उपसमूहको शेयर उकालो लाग्दा ५ उपसमूहको शेयर ओरालो लागेको छ। बैंकिङ ० दशमलव ९३, व्यापार ७० दशमलव ८५, होटल १७ दशमलव २७, जलविद्युत् ५५ दशमलव ७१, वित्त ९ दशमलव ६२ र अन्य उपसमूह ८ दशमलव ९४ ले वृद्धि भएको छ। यस्तै, विकास बैंक १ दशमलव ६७, निर्जीवन बीमा ५३ दशमलव ९७, उत्पादन ९ दशमलव ३, लघुवित्त ० दशमलव ५२, जीवन बीमा ४४ दशमलव १ र सामूहिक लगानी कोष ० दशमलव ०१ बिन्दुले ओरालो लागेको छ। 

कारोबारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १४ करोड ७८ लाख ६४ हजार ४१२ रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै माथिल्लो तामाकोशी नौ करोड ५९ लाख ३६ हजार १५० रुपैयाँ, नेपाल पुनरबीमा कम्पनी नौ करोड ३८ लाख २४ हजार ६९८ रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर आठ करोड ९२ लाख ५७ हजार ३५४ रुपैयाँ, नेपाल बैंक लिमिटेड आठ करोड ५१ लाख ८९ हजार १०१ रुपैयाँ, अपि पावर कम्पनी सात करोड २६ लाख नौ हजार रुपैयाँ र नेशनल हाइड्रोपावर कम्पनी पाँच करोड ३१ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे। 

कारोबारका आधारमा आज अपि पावर कम्पनी ९ दशमलव ६७, माउण्टेन हाइड्रो ९ दशमलव ७३, सिनर्जी पावर ९ दशमलव ६८, हिमाल दोलखा हाइड्रोपावर ९ दशमलव ६८, दिव्यश्वरी हाइड्रोपावर ९ दशमलव ६४ र बरुण हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ५६ प्रतिशतले कमाए। यस्तै, सिटिजन म्यूचअल फण्ड एक २ दशमलव १२, यूनिलिभर २, ग्लोबल आइएमइ डिबेञ्चर २, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक १ दशमलव ९८ र रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १ दशमलव ९६ प्रतिशतले गुमाए।

प्रकाशित मिति: ००:१९ बजे, शुक्रबार, असोज ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्