Kathmandu Press

पहिराे पन्छाएर नारायणगढ–मुग्लिन सडक सञ्चालन

पहिराे पन्छाएर नारायणगढ–मुग्लिन सडक सञ्चालन
Hardik ivfHardik ivf

चितवन, असोज ८ : नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै यातायात  सञ्चालनमा आएको छ।

आज अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको हो। इच्छाकामना गाउँपालिका ६ चारकिलोमा बुधबार राति ९ः२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो। जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार पहिरो पन्छाएर दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो।

यहि सडकखण्डको पाँचकिलोमा भने सडक एकतर्फी सञ्चालनमा रहेको छ। पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सवारी साधन सञ्चालनमा आएको उनले बताए।

केही दिनयताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ।

प्रकाशित मिति: १९:३२ बजे, बिहीबार, असोज ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्