Kathmandu Press

एनसेलले ल्यायो टिकटिक र फेसबुकका लागि ‘नन्स्टप’ डाटा प्याक

काठमाडौं, असोज ८ : एनसेलले आफ्ना फोरजी ग्राहकहरुका लागि नयाँ ‘नन्स्टप’ प्याकेजको अफर ल्याएको छ।अब नयाँ ‘नन्स्टप’ अफरअन्तर्गत ग्राहकले करबाहेक २५ रुपैयाँमा फेसबुक...
एनसेलले ल्यायो टिकटिक र फेसबुकका लागि ‘नन्स्टप’ डाटा प्याक

काठमाडौं, असोज ८ : एनसेलले आफ्ना फोरजी ग्राहकहरुका लागि नयाँ ‘नन्स्टप’ प्याकेजको अफर ल्याएको छ।

अब नयाँ ‘नन्स्टप’ अफरअन्तर्गत ग्राहकले करबाहेक २५ रुपैयाँमा फेसबुक वा टिकटको डाटा प्याक लिन सक्नेछन्। जुन एक दिनका लागि जुनसुकै समय लागू हुने जनाएको छ।

Hardik ivf

यस्तै, ३० दिनका लागि जुनसुकै समयमा लागु हुने गरी फेसबुक वा टिकटकको नन्स्टप डाटा प्याक लिनका लागि ग्राहकले करबाहेक तीन सय ६० रुपैयाँ तिर्नुपर्नेछ। कम्पनीले ३० दिनको डाटा प्याक लिएका ग्राहकले ६ जिबिको थप डाटा पाउने व्यवस्था गरेको छ।

यस्तै ग्राहकले एनसेल एप अथवा खल्ती, ई–सेवा, युनि–पे, प्रभु–पे लगायतका एपहरुको प्रयोगमार्फत पनि प्याक लिन सक्नेछन्। आफ्ना ग्राहकलाई सरल, सहज र सुलभ तरीकाबाट नन्स्टप इन्टरनेट पहुँच उपलब्ध गराउने उद्देश्यका साथ यस्ता डाटा प्याक अफरहरु ल्याईएको एनसेलले जनाएको छ।

 

प्रकाशित मिति: १५:५५ बजे, बिहीबार, असोज ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्