Kathmandu Press

नेपाल, भारत र पाकिस्तानका स्थानीय समुहबीच टिटेन क्रिकेट हुने

नेपाल, भारत र पाकिस्तानका स्थानीय समुहबीच टिटेन क्रिकेट हुने

अष्ट्रेलिया, असोज ६ : ओरिजीन ईभेन्टको आयोजनामा अष्टेलियाको राजधानी क्यानवेरामा टि–टेन क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । 

आगामी सेप्टेम्वर २६ तारिखदेखि हुने उक्त प्रतियोगितामा भारत, पाकिस्तान र नेपालका गरी ४ वटा भिन्नभिन्न स्थानिय समुहले सहभागीता जनाउने छन् ।  प्रतियोगितामा उपाधी भिडन्तको लागी नेपाली क्रिकेट क्ल्व क्यानवेरा, क्यानवेरा सर्भाइभर्स् , बुद्ध नेपाली  क्रिकेट क्ल्व र क्यापीटल वारिवर्सविच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितालाई ओसियाना एजुकेसन तथा भिजा सर्भिसले मुख्य प्रायोजन गर्ने जानकारी ओरिजीन ईभेन्टका सफल घिमिरेले जानकारी दिए । यस प्रतियोगितामा सहप्रायोजकको भुमिकामा एचिभर्स पिटिई क्यानवेरा, ऐम ईन्सिच्युट अफ हेल्थ साईन्स, जानकी एक्सप्रेस रिमुभल र एसविसए मोर्टेज सोलुसन रहेका छन्।

अयोजकले विजेता समुह र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद सहित मेडल प्रदान गर्नेछ । साथै यस एकदिने टुर्नामेन्टमा सम्पुर्ण क्यानवेरावासी खेलप्रेमी महानुभावहरुलाई खेल हेर्न च्यापम्यान ओभलमा आउनको लागी  अनुरोध गरिएको छ ।

प्रकाशित मिति: २२:०४ बजे, बुधबार, असोज ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्