प्रदेश १ का डीआईजी कार्की कोरोनामुक्त
विराटनगर, असोज ७ : प्रदेश १ का प्रहरी प्रमुख डीआइजी ईश्वरबाबु कार्की कोरोनाबाट निको भएका छन्।कोरोना संक्रमण भएको १५ दिनपछि डीआईजी कार्की निको...
विराटनगर, असोज ७ : प्रदेश १ का प्रहरी प्रमुख डीआइजी ईश्वरबाबु कार्की कोरोनाबाट निको भएका छन्।
कोरोना संक्रमण भएको १५ दिनपछि डीआईजी कार्की निको भएका हुन्। मंगलबार आएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ। यस अघि परीक्षण गर्दा पोजिभिट आएको थियो।
उनलाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसयता उनी होम आइसोलेसनमा बसेका थिए। उनले सामाजिक सञ्जालमार्फत पनि आफू निको भएको जानकारी दिएका छन्।
प्रकाशित मिति: १८:३३ बजे, बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार