Kathmandu Press

धनुषा जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरूले गरे प्रदर्शन

गत साउन २७ गते नेपाल बार एसोसिएसन जनकपुरका केही वकिलहरूले पत्रकारमाथि सामूहिक आक्रमण गरी कुटपिट गरेको थिए । उक्त घटनामा ६ जना पत्रकार घाइते भएका थिए। 
धनुषा जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरूले गरे प्रदर्शन

धनुषा, भदौ १ : जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुले प्रदर्शन गरेका छन्।

अरुलाई न्याय दिलाउन अहोरात्री कलम चलाउँदै आएका पत्रकारहरु स्वयम पीडित भएको भन्दै धनुषासहित मधेश प्रदेशका विभिन्न पत्रकार संगठनमा आवद्ध सञ्चारकर्मीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि नाराबाजी गर्नुका साथै विरोध प्रदर्शन गरेका हुन्। 

Hardik ivf

उनीहरुले प्रेस स्वतन्त्रता कायम गर, पत्रकार कुट्न पाइँदैन, कालो कोटे मुर्दावाद, दोषीलाई कारवाही गर जस्ता नारासमेत लगाएका छन्।

गत साउन २७ गते नेपाल बार एसोसिएसन जनकपुरका केही वकिलहरूले पत्रकारमाथि सामूहिक आक्रमण गरी कुटपिट गरेको थिए । उक्त घटनामा ६ जना पत्रकार घाइते भएका थिए। 

जनकपुरधाममा पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणका लागि गुठी संस्थासँग सम्झौतामा प्राप्त जग्गामा बार एसोसिएसन जनकपुरले बलपूर्वक अतिक्रमण गर्दै पार्किङ सञ्चालन गरेपछि विवाद सुरु भएको थियो। जग्गा रक्षा गर्न पत्रकारहरूले घेरा हाल्दा वकिलहरुको समूहले आक्रमण गरेका थिए।

घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइए पनि अहिलेसम्म कसैमाथि कारबाही नभएको भन्दै दबाब सृजना गर्न आज जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले जानकारी दिए। 

उनले दोषीमाथि कारवाही नभए देशैभरका पत्रकार आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए।
 

प्रकाशित मिति: १४:३० बजे, आइतबार, भदौ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्