Kathmandu Press

व्यवसाय र मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

उनले अन्तर्राष्ट्रिय सन्धि र सम्झौतासँग मेल खाने गरी कानुन निर्माणको तयारी भइरहेको जानकारी दिंदै नेपाल विश्वमै व्यवसाय र मानव अधिकारको अभ्यासमा अगाडि रहे पनि त्यसको उचित श्रेय लिन नसकेको गुनासो गरेका छन्। 
व्यवसाय र मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

मोरङ, भदौ ४ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले व्यवसाय र मानव अधिकारलाई सँगै अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन्। 

बुधबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले श्रमिक, उद्यमी र उपभोक्ताको अधिकार सुरक्षित भए मात्र प्रदेशको दिगो विकास सम्भव हुने औंल्याउँदै राज्यको मात्र होइन, निजी क्षेत्र, नागरिक समाज र सर्वसाधारण सबैले समान रूपमा जिम्मेवारी वहन गर्नुपर्ने बताएका हुन्। 

Hardik ivf

उनले अन्तर्राष्ट्रिय सन्धि र सम्झौतासँग मेल खाने गरी कानुन निर्माणको तयारी भइरहेको जानकारी दिंदै नेपाल विश्वमै व्यवसाय र मानव अधिकारको अभ्यासमा अगाडि रहे पनि त्यसको उचित श्रेय लिन नसकेको गुनासो गरेका छन्। 

‘सहयोग र साझेदारी बिना परिणाम आउँदैन, त्यसैले अब सबै मिलेर सकारात्मक पहल गर्न जरुरी छ,’ उनले भने । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयुक्त आयोजनामा भएको कार्यक्रममा व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना २०८०÷८५ को कार्यान्वयनबारे छलफल गरिएको थियो।

सो अवसरमा प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सरकार र निजी क्षेत्रको सहकार्य भए मात्र मानव अधिकारको संरक्षण र व्यवसायिक वातावरण दुवै सुदृढ हुने विश्वास व्यक्त गरे।
 

प्रकाशित मिति: १५:०७ बजे, बुधबार, भदौ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्