Kathmandu Press

सुदूरपश्चिममा पाँच हजार नौ सयलाई कोरोना, १५ को मृत्यु

डडेल्धुरा, असोज ७ : सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म पाँच हजार नौ सय जनामा कोरोना संक्रमण देखिएको छ। कोरोनाबाट १५ जनाको मृत्यु भएको छ।सुदूरपश्चिम स्वास्थ्य...
सुदूरपश्चिममा पाँच हजार नौ सयलाई कोरोना, १५ को मृत्यु

डडेल्धुरा, असोज ७ : सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म पाँच हजार नौ सय जनामा कोरोना संक्रमण देखिएको छ। कोरोनाबाट १५ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा दुई हजार एक सय १० जनालाई कोरोना संक्रमण भएको छ। त्यस्तै, डोटीमा एक हजार ५०, अछामका नौ सय ९४, कञ्चनपुरमा सात सय ७५, बाजुरामा ६ सय ३०, बझाङमा पाँच सय १९, बैतडीमा तीन सय ८९, डडेल्धुरामा तीन सय ४८ र दार्चुलामा ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ।

Hardik ivf

सङ्क्रमण पुष्टि भएका पाँच हजार सात सय ६७ जना निको भएका छन भने १५ जनाको मृत्यु भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कैलालीमा एक हजार ६ सय ८७, डोटीमा नौ सय ३४, अछाममा नौ सय १२, कञ्चनपुरमा सात सय १२, बाजुरामा चार सय ४२, बझाङमा तीन सय ८८, बैतडीमा तीन सय २६, डडेल्धुरामा तीन सय १६ र दार्चुलामा ४५ जना निको भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या पाँच हजार नौ सय पुगेको छ।

प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६ सय ८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।    धनगढी प्रयोगशालामार्फत ४१ हजार आठ सय १६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशालामार्फत १६ हजार ६ सय ९९, जिल्ला अस्पताल डोटीको प्रयोगशालामार्फत तीन हजार चार सय ७८ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामार्फत एक सय ९३ जनाको कोरोना परीक्षण भएको छ।

निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ८० हजार ९७ जनाको स्वाब सङ्कलन गरिएकामा एक हजार चार सय नौ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म परीक्षण गरी झण्डै नौ प्रतिशत अर्थात् ६ हजार नौ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

प्रकाशित मिति: १६:५७ बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्