Kathmandu Press

सञ्चारकर्मी बरालको ‘नरिसाउन होइ’ (भिडियो)

काठमाडौं, असोज ७ : सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्बजनिक भएको छ । सुर्य गैह्रे विवसको शब्द रहेको गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र...
सञ्चारकर्मी बरालको ‘नरिसाउन होइ’ (भिडियो)
Hardik ivfHardik ivf

काठमाडौं, असोज ७ : सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्बजनिक भएको छ । सुरज गैह्रे विवसको शब्द रहेको गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र भट्टको स्वर रहेको छ ।

राजेन्द्र स्वयंमको संगीत रहेको गीतले माया गर्ने जोडीहरुमा उत्पन्न हुने शंकाको बिषयमा चर्चा गर्न खोजिएको छ । गीतको म्युजिक भिडियोमा चर्चित नायक तथा मोडल पल शाह, नायिका बर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ ।

म्युजिक भिडियोलाई सन थापाले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन् । सञ्चारकर्मी बरालका यसअघि ‘हरेक रात सपनीमा’, ‘लभ पर्न सक्छ’ लगायतका गीत चर्चामा रहेका छन् । 

गीतले सार्बजनिक भएको छोटो समयमै लोकप्रियता कमाएको छ । सार्बजनिक भएको १६ घण्टामै ३ लाख ६३ हजार भ्यूअर सहित युटुब टेनिङको २७ औं नम्बरमा आइपुगेको छ । 

प्रकाशित मिति: १४:१२ बजे, बुधबार, असोज ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलिउड कलाकार जय भानुशाली नेपालमा
बलिउड कलाकार जय भानुशाली नेपालमा
शमी साहित्य साधना सम्मान घोषणा
शमी साहित्य साधना सम्मान घोषणा