Kathmandu Press

मकवानपुरमा जीप दुर्घटना, दुई बालकको मृत्यु

हेटाैँडा, असोज ५ : मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य एक जना घाइते भएका छन्।मनहरीबाट...
मकवानपुरमा जीप दुर्घटना, दुई बालकको मृत्यु

हेटाैँडा, असोज ५ : मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य एक जना घाइते भएका छन्।

मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नम्बरको बोलेरो जीप सोमबार दिउँसो राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबाको मृत्यु भएको हो।

Hardik ivf

दुर्टनामा परी दुवै जना बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका राक्सिराङ गाउँपालिका–३ का २७ वर्षीय सुरज शाहीलाई थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको रानाले बताए। 

जीप चालक राक्सिराङ–५ का भीषण प्रजालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।
 

प्रकाशित मिति: २३:०४ बजे, सोमबार, असोज ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्