Kathmandu Press

संयुक्ता श्रेष्ठले जितिन बेलायतकाे प्रतिष्ठित ‘ब्राइडल बायर अवार्ड’

काठमाडौं, असोज ५ : नेपाली फेसन डिजाइनर संयुक्ता श्रेष्ठले बेलायतको प्रतिष्ठित ‘ब्राइडल बायर अवार्ड’ जितेकी छन्।लन्डनमा बसेर फेसन डिजाइन गर्दै आएकी श्रेष्ठले ‘ब्राइडल...
संयुक्ता श्रेष्ठले जितिन बेलायतकाे प्रतिष्ठित ‘ब्राइडल बायर अवार्ड’
Hardik ivfHardik ivf

काठमाडौं, असोज ५ : नेपाली फेसन डिजाइनर संयुक्ता श्रेष्ठले बेलायतको प्रतिष्ठित ‘ब्राइडल बायर अवार्ड’ जितेकी छन्।

लन्डनमा बसेर फेसन डिजाइन गर्दै आएकी श्रेष्ठले ‘ब्राइडल बायर अवार्ड २०२०’अन्तर्गत ‘इडिटर्स च्वाइस अवार्ड’ जितेकी हुन्। ब्राइडल (दुलहीले लगाउने पोशाक) फेसन डिजाइनको क्षेत्रमा यो संसारभरि नै प्रख्यात छ। यसलाई ब्राइडल उद्योगको अस्कर अवार्डसमेत भन्ने गरिन्छ।

यो अवार्डले ब्राइडल डिजाइनको क्षेत्रमा क्रियाशिल कम्पनी तथा व्यक्तिहरुलाई प्रोत्साहन दिने र उनीहरुको उत्पादनलाई संसारभर चिनाउन मद्दद पुर्याउने गरेको छ।

प्रत्यके वर्ष यो अवार्डका छनोट गर्न कठिन हुने गरेको ब्राइडल बायरले जनाएको छ। झन यो वर्ष अवार्डका नियममा गरिएको परिवर्तनले विजेता चयन गर्न कठिन भएको उल्लेख गरेको छ।

त्यस्तै, ‘इडिटर्स च्वाइस अवार्ड २०२०’ का लागि संयुक्ता श्रेष्ठ उपयुक्त डिजाइनर भएको ब्राइडल बायरले जनाएको छ। कोभिड–१९ को समयमा उनले अरुलाई गरिरहेको सहयोग आश्चर्यचकित पार्ने रहेको जनाएको छ। यो कठिन समयमा पनि उनले गरेको कामका लागि ‘इडिटर्स च्वाइस अवार्ड २०२०’ प्रदान गरिएको ब्राइडल बायरले उल्लेख गरेको छ।

यो अवार्ड पाएकोमा संयुक्ताले खुशी जनाएकी छन्। यो अवार्ड पाइएला भनेर कहिले नसोचेको उनले बताएकी छन्। ‘इडिटर्स च्वाइस अवार्ड २०२०’ले अझ काम गर्न आफू आफ्नो टिमलाई हौसला मिलेको उनले बताएकी छन्।

उनले यस अघि पनि दुई वटा अवार्ड जितेकी छन्। ‘वेडिङ बुटिक अफ द एयर २०२०’ र ‘गुड ब्रान्ड अवार्डस् २०२०’ जितेकी थिइन्।

उनले १७ वर्षको छदादेखि फेसन डिजाइन सुरु गरेकी थिइन्। सन् १९९८ मा मिस नेपालका लागि फेसन डिजाइन गरेकी थिइन्। ३९ वर्षीया संयुक्ता अहिले लन्डनमा बसेर फेसन डिजाइन गर्दै आएकी छन्।

प्रकाशित मिति: २०:१६ बजे, सोमबार, असोज ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्