Kathmandu Press

चितवनमा कोरोना संक्रमणबाट युवकको मृत्यु

भरतपुर, असोज २ : कोरोना भाइरसको संक्रमणबाट चितवनमा एक युवकको मृत्यु भएको छ।भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका ११ का...
चितवनमा कोरोना संक्रमणबाट युवकको मृत्यु

भरतपुर, असोज २ : कोरोना भाइरसको संक्रमणबाट चितवनमा एक युवकको मृत्यु भएको छ।

भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका ११ का ३१ वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ। असपतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार उनको गएराति १२ः१८ बजे मृत्यु भएको हो।

Hardik ivf

उनलाई भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी अस्पताल भर्ना भउका थिए।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएकोे थियो। जसले गर्दा आईसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममै गएराति मृत्यु भएको डा.लम्सालले बताए।

योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ। जसमा १७ जना अन्य जिल्लाका छन्। उनीहरुलाई उपचारका लागि चितवन ल्याइएको थियो।

 

प्रकाशित मिति: १०:३४ बजे, शुक्रबार, असोज २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्